गृहपृष्ठ ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि रितपुर्वकको निवेदन आएको छ : निर्वाचन आयोग

‘नेकपा एमाले’ नामको दल दर्ताका लागि रितपुर्वकको निवेदन आएको छ : निर्वाचन आयोग

election_commission_newskarobar

नयाँ दल नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपा एमाले नामको नयाँ दल दर्ताका लागि झापाकी सन्ध्या तिवारीले सोमबार आयोगमा निवेदन दिएकी हुन् ।

रितपुर्वक निवेदन आएको र सोबारे अध्ययन भइरहेको प्रवक्ता श्रेष्ठले न्युज कारोबारलाई बताए । ‘प्रारम्भिक निवेदन आएको हो । निवेदनउपर आवश्यक कारबाही भइरहेको छ,’ उनले भने । निवेदनमा केही विवरणहरू संलग्न गरिएको पाइए पनि विस्तृत रूपमा भने अध्ययन गर्न बाँकी नै रहेको उनको भनाइ छ ।

नेकपा माओवादीसँग एकता हुनुअघिकै दल ‘नेकपा एमाले’ ब्यूँतिन लागेको आशंकामा मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकमा हलचल मच्चिएको छ । बैठकमा नेकपा उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा दल दर्ताको निवेदन परेको दावी गरेका छन् ।

प्रकाशित समय १९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु