गृहपृष्ठ बुद्धबारेको भारतीय विदेशमन्त्रीको अभिव्यक्तिका विषयमा कुरा गर्न सरकारसँग आग्रह

बुद्धबारेको भारतीय विदेशमन्त्रीको अभिव्यक्तिका विषयमा कुरा गर्न सरकारसँग आग्रह

madhav_kumar_nepal_newskarobar

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालमा जन्मिएका गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जनाएका छन् ।

उनले आज अपराह्न ट्वीट गर्दै ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत शाक्यमुनि बुद्ध नेपालमा जन्मिएकामा कुनै शंका बाँकी नरहँदा नरहँदै बेलाबखतमा भारतीय नेताहरुबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचका सम्बन्धमा प्रतिकूल असर पार्छन् भन्ने ख्याल गर्न ध्यानाकर्षण गराएका छन् ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसदमै बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर स्पष्ट अभिव्यक्ति दिएको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री नेपालले भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुःखद् रहेको बताएका छन् । ‘यसबारेमा नेपाल सरकारलाई औपचारिक रुपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु,’ ट्वीटमा भनिएको छ ।

प्रकाशित समय १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु