गृहपृष्ठ बामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित

बामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेको छ ।

बिहीबार राष्ट्रपति कार्यालयबाट  एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम नेपाल सरकारको सिफारिसमा गौतमलाई मनोनित गरेको जनाएको छ ।

उनलाई आज अपराह्न ४ बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथग्रहण खुवाउने छन् ।

प्रकाशित समय १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु