गृहपृष्ठ मुक्तिनाथ विकास बैंकद्वारा ‘इ-टेलर’ सेवा सुरु
मुक्तिनाथ विकास बैंकद्वारा ‘इ-टेलर’ सेवा सुरु
मुक्तिनाथ विकास बैंकले कोरोनाभाइरस (कोभिड- १९)को महामारीको विषम परिस्थितिमा ग्राहकहरुले सुरक्षित बैंकिङ कारोबार गर्न मिल्ने गरी E-TELLER सेवा सञ्चालनमा ल्याएको छ ।
E-TELLER मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग-इन गरेर काउन्टरमा भएको क्यूआर कोड (QR CODE) स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् । यो सेवा बैंकको सबै शाखाहरुमा उपलब्ध हुनेछ । उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले गरेका थिए ।
बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यले E-TELLER सेवा सञ्चालनमा ल्याइएको हो ।
कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
प्रकाशित समय १५:४० बजे

















