गृहपृष्ठ महाधिवेशनको मिति फेरि सार्ने कांग्रेसको तयारी
महाधिवेशनको मिति फेरि सार्ने कांग्रेसको तयारी
नेपाली कांग्रेसले फागुन ७ गतेका लागि तय भएको महाधिवेशन सार्ने गरी केन्द्रीय समिति बैठक बोलाएको छ । कोरोनाभाइरस महामारीका कारण क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम प्रभावित भएपछि महाधिवेशनको मिति सार्ने गरी कांग्रेसले कात्तिक २१ गतेका लागि केन्द्रीय समिति बैठक बैठक बोलाएको हो ।
पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने बैठकमा कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले विभिन्न कारण देखाउँदै पार्टीको १४औँ महाधिवेशनको मिति पटक–पटक सारिसिकेको छ ।
महाधिवेशनको मिति सारिएको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने असहमति जनाउँदै आएका छन् । यसअघि पनि मिति सार्ने विषयमा छलफल भएपछि पौडेल पक्षका नेताले आपत्ति जनाएका थिए ।
प्रकाशित समय १३:२२ बजे

















