गृहपृष्ठ मिडियाले प्रचार गरेजस्तो नेकपा कच्चा छैन : नेता खनाल

मिडियाले प्रचार गरेजस्तो नेकपा कच्चा छैन : नेता खनाल

Jhalanath_Khanal-newskarobar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने बताएका छन् । उनले पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न चेतावनी दिए ।

‘नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पाउँछु कि मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ । अहिलेदेखि कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ पाउनुहुन्न,’ इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पतालको शिलान्यास गर्दै उनले भने ।

उनले नेकपाको अहिलेको छलफल र बहस देखेर पार्टी फुटको सँघारमा पुगेको अड्कलबाजी मिथ्या सावित हुने बताए । खनालले मिडियाले प्रचार गरेजस्तो नेकपा कच्चा नभएको उल्लेख गरे । ‘खास गरेर मिडियामा बसेका कच्चा मानिसले गलत कुराको प्रचार गरिरहेका छन्, नेकपा फुट्छ भनेर कुर्लिएका छन्, तर म तपाईहरुलाई भन्छु नेकपा फुट्दैन, नेकपा टुट्दैन, यसलाई कसैले पनि फुटाउन सक्दैन । पार्टीभित्रको अहिलेको चलेको बहस र छलफलले अझै मजबुत बनाउँछ,’ खनालले भने ।

उनले अहिलेको बहस पार्टीको एकताका पक्षमा रहेकाले नडराउन कार्यकर्तालाई आग्रह गरे । ‘नेकपालाई कसले फुटाउन सक्छ ? कुन नीतिले फुटाउन सक्छ ? कुन कानुनले फुट्न सक्छ ? हामी चुनौती दिन चाहान्छौं,’ उनले भने, ‘हामीलाई फुटाउने भनेको संविधानबमोजिम कानूनबमोजिम फुटाउन सक्नुपर्छ तर संविधान र कानुनले पार्टी फुटाउन दिँदैन तसर्थ हामी पार्टीलाई जोड्ने पक्षमा छौँ, बहस छलफलबाट आत्तिनुपर्ने कुरा छैन ।’

प्रकाशित समय १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु