गृहपृष्ठ राजतन्त्र पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

केही हप्तायता देशका विभिन्न स्थानमा राजतन्त्र र हिन्दू राज्यको मागसहित प्रदर्शनहरू भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिले काठमाडौंको माइतीघर मा प्रदर्शन गरेको हो । सहभागीहरुले ‘राजा आउ, देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ लगायतका नारा लगाएका छन् । काठमाडौंका विभिन्न स्थानबाट निस्केको जुलुस माइतीघर मण्डला पुगेर कोणसभामा सामेल भएको छ । कोणसभालाई सम्बोधन गरेका वक्ताहरूले देशका लागि राजसंस्थाको पुनर्स्थापना अपरिहार्य भएको बताए ।

(तस्बिरहरू: तेजन खड्का)

प्रकाशित समय १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु