गृहपृष्ठ नेकपा केन्द्रीय सचिवालय बैठक सुरु, ओली पनि सहभागी

नेकपा केन्द्रीय सचिवालय बैठक सुरु, ओली पनि सहभागी

फाइल तस्बिर ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । दुई अध्यक्षबिचको वान-टु-वान वार्तापछि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो ।

बैठकअघि प्रचण्डले ओली पक्षका नेताहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा अर्थ मन्त्री एवं नेकपा महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । यसअघि गत मंगलबार ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

आजको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग-अलग प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ । गत कात्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेस गरेका थिए । त्यसपछि दश दिनका लागि स्थगित भएर बसेको बैठकमा ओलीले जवाफ पेस गरेका थिए ।

प्रकाशित समय १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु