गृहपृष्ठ सचिवालय बैठकअघि ओली-प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता
सचिवालय बैठकअघि ओली-प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता
आज दिउँसोका लागि बोलाइएको सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा ‘वान टु वान’ भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
कात्तिक २८ गते बसेको सचिवालयमा बैठकमा अध्यक्ष दाहालले ल्याएको राजनीतिक प्रस्ताव र त्यसको प्रतिउत्तरमा मंसिर १७ गतेको बैठकमा प्रधानमन्त्री ओलीले फर्काएको जवाफ बारेमा छलफल गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो । राजनीतिक प्रस्तावमाथि यसअघिको बैठकबाटै छलफल सुरू भइसकेको छ ।
गत कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन । त्यसयता नेकपा अध्यक्षद्वयबीच संवादहीनताको अवस्थाले थियो । आज ओलीलाई भेट्नुअघि प्रचण्डले खुमलटारस्थित निवासमा माधव नेपालल गायतका नेताहरुसँग छलफल गरेका थिए ।
ओली निकटका नेताहरुले सहमतिको प्रयासमा प्रचण्डसँग निरन्तर भेटघाट र छलफल गर्दै आएका थिए । सहमतिमा ल्याउने प्रयासमा राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत ओली र प्रचण्डसँग अलग-अलग छलफल गरेकी थिइन् ।
प्रकाशित समय १३:३२ बजे
















