गृहपृष्ठ नेकपा स्थायी कमिटी बैठक : ४३ सदस्य सहभागी, अध्यक्ष ओली अनुपस्थित

नेकपा स्थायी कमिटी बैठक : ४३ सदस्य सहभागी, अध्यक्ष ओली अनुपस्थित

nekapa-building_newskarobar

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बिना नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक निर्धारित समयभन्दा ढिलो गरेर पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको हो । आजको बैठकमा दुवै अध्यक्षको प्रस्ताव पेश गर्ने तयारी छ ।

बैठकमा ओलीबाहेक स्थायी कमिटीका ४३ सदस्य सहभागी छन् । स्थायी कमिटी बैठकका लागि अरु सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा पर्खिरहेका बेला प्रधानमन्त्री ओलीले शीतल निवास गएर राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए ।

ओलीले स्थायी समितिको बैठकको औचित्य नभएको बताउँदै आएका छन् । शनिबारको सचिवालय बैठककमा पनि ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा जोड दिएका थिए ।

 

प्रकाशित समय १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु