गृहपृष्ठ प्रधानमन्त्रीको कदमविरुद्ध रणनीति बनाउन कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
प्रधानमन्त्रीको कदमविरुद्ध रणनीति बनाउन कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको विकसित घटनाक्रमबारे निर्णय लिन कांग्रेसले कार्यसमिति बैठक बोलाएको हो ।
मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि कांग्रेसले निर्देशन दिएको छ । ओलीले संसद विघटन गरेपछि आजै दिउँसो बसेको पदाधिकारी बैठकले त्यसको चर्को विरोध गरेको थियो ।
प्रकाशित समय १८:०६ बजे

















