गृहपृष्ठ ‘संसद विघटनपछि प्रचण्ड-नेपाल समूह विभाजित भएर गएको हो’

‘संसद विघटनपछि प्रचण्ड-नेपाल समूह विभाजित भएर गएको हो’

mahesh-basnet-newskarobar

विभाजननजिक पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहले देशभर छुट्टाछुट्टै भेला र प्रशिक्षण गरिरहेका छन् । यसको असर सुर्खेतमा पनि परेको छ । सोमबार सुर्खेतमा ओली समूहले युवा भेलाको आयोजना गरेको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली शर्माको समूहले सोमबार युवा भेलाअघि बृहत र्‍याली निकालेको थियो । बजार परिक्रमापछि वीरेन्द्रनगरको घण्टाघरमा भेलाको आयोजना गरिएको थियो । भेलालाई सम्बोधन गर्दै तत्कालीन युवा संघका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले ओली समूहको चुनाव चिह्न सुर्य नै रहने बताए । उनले प्रचण्ड-नेपाल समूहलाई सूर्य चिन्ह र पार्टी कार्यालयमा आँखा नलगाउन चेतावनीसमेत दिएका छन् । ‘ओलीलाई उडाएर मोर्चाबन्दी गरेर पछार्न खोजिएको थियो । पछि संसद विघटनपछि प्रचण्ड-नेपाल समूह विभाजन भएर गएको हो,’ उनले भने ।

पूर्वमन्त्रीसमेत रहेका बस्नेतले सूर्यमाथि आँखा लगाउने प्रचण्ड-नेपाल समूहको हैसियत नभएको बताए । ओली समूह नै मूलधार र संस्थापन पार्टी भएको बस्नेतले दावी गरे । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गर्ने आँट नभएपछि संसद सचिवालयमा दर्ता गरेको बस्नेतको भनाइ थियो ।

प्रकाशित समय १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु