गृहपृष्ठ झलनाथ भन्छन्‑ केपी ओली लुटेर खाने मान्छेहरूको नायक

झलनाथ भन्छन्‑ केपी ओली लुटेर खाने मान्छेहरूको नायक

Jhalanath_Khanal-newskarobar

नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले केपी शर्मा ओली लुटेर खाने मान्छेहरूको नायक भएको आरोप लगाएका छन् ।

अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा खनालले भने, ‘केपी ओलीले केही मान्छेहरूलाई तानेर जसरी बालुवाटारमा भेला गरेका छन्, त्यो भेला भनेको एउटा गुटको भेला हो, त्यो संविधानविरोधी भेला हो, त्यो लोकतन्त्रविरोधी भेला हो र त्यो अराजक मान्छेहरूको भेला हो, त्यो मुलुकलाई लुटपाट गरेर खाने मान्छेहरूको भेला हो, त्यसको नायक अहिले केपी ओली हुन पुगेका छन् ।’

प्रकाशित समय १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु