गृहपृष्ठ नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक जारी

नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक जारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा बैठक जारी छ । प्रतिनिधिसभा पुनर्स्थापना सहितका माग राखेर आन्दोलनमा रहेको सो समूहले संघर्षका रणनीतिबारे स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि सत्तारूढ दल नेकपा विभाजित बनेको छ । पार्टी विभाजनपछि बसेको सो समूहको स्थायी कमिटी बैठकले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रचण्ड-माधव समूहले शनिबारमात्रै आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको छ ।

प्रकाशित समय १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु