गृहपृष्ठ प्रदेश २ मा नेकपा संसदीय दलको नेताबाट हटाइए मण्डल, महतो चयन

प्रदेश २ मा नेकपा संसदीय दलको नेताबाट हटाइए मण्डल, महतो चयन

pradesh2-province2-newskarobar

प्रचण्ड-नेपाल पक्षले प्रदेश २ को संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले संसदीय दलको नेताबाट मण्डललाई हटाउँदै नेपालनिकट रहेका शत्रुघन महतोलाई चयन गरेको छ ।

जनकपुरस्थित प्रदेशसभा सचिवालयमा रहेका नेकपाको संसदीय दलको बैठकमा १९ जना सांसदले मण्डललाई हटाएर महतोलाइ सर्वसम्मत रूपमा दलको नेता चयन गरेको सांसद रवीन्द्र बैठाले जानकारी दिए । महतोलाई दलको नेता चयन गरिएको विषयमा सभामुख सरोजकुमार यादवलाई लिखित जानकारीसमेत दिइएको उनले बताए ।

३२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश २ मा पूर्वएमालेतर्फका २१ र पूर्वमाओवादीबाट ११ जना छन् । जसमध्ये १९ जना प्रचण्ड र १३ जना ओली पक्षमा छ्न् ।

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु