गृहपृष्ठ प्रभु बैंकद्वारा जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग

प्रभु बैंकद्वारा जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग

प्रभु बैंकको इलाम शाखा कार्यालयले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला अस्पताल इलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

प्रभु बैंकको आर्थिक सहयोगमा इलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउनेछन् भन्ने बैंकले विश्वास लिएको छ । आगामी दिनमा पनि समाजपयोगी कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने बैंकले जनाएको छ ।

बैंकको इलाम शाखा प्रबन्धक रोशन संग्रौलाले अस्पताल इलामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभु शाहलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा इलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होम बहादुर बस्नेत, ईलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य ईन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र समाजसेवी रतन कुमार चौधरीलगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु