गृहपृष्ठ प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन् : गगन थापा

प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन् : गगन थापा

Gagan Thapa NewsKarobar (5) फाइल तस्बिर

नेपाल कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्रीले संसद विघटन गर्नै नसक्ने बताएका छन् । काठमाडौँको महांकाल गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा थापाले भने, ‘पाँच वर्षसम्म संसद विघटन गर्न पाउने व्यवस्था छैन । संसदले सरकार नै दिन सकेन भनेमात्र विघटन गर्न पाउने अधिकार छ ।’

संसद विघटन र अरु राजनीतिक अन्योल सिर्जना गर्न अग्रसर सरकारले नागरिकलाई कोभिडको भ्याक्सिन लगाएर बचाउने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए । कार्यक्रममा कांग्रेस नेता एवं पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणाले मुलुक कोभिडको चपेटामा परिरहेको अवस्थामा प्रधानमन्त्रीले अराजनीतिक काम गरेको बताए । ललितपुर जिल्ला समितिका सभापति मदनबहादुर अमात्यले प्रजातान्त्रिक संस्कारमा अरूको विचार लाद्न नपाउने भएकाले सबैको मूल्य र मान्यतालाई ख्याल गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित समय ०७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु