गृहपृष्ठ पाँच मिनेट बैठक बसेर अनिश्चितकालका लागि स्थगित भयो प्रदेश १ को हिउँदे अधिवेशन
पाँच मिनेट बैठक बसेर अनिश्चितकालका लागि स्थगित भयो प्रदेश १ को हिउँदे अधिवेशन
प्रदेश १ को हिउँदे अधिवेशन पाँच मिनेट बैठक बसेर सकिएको छ । बैठक बुधबार दिउँसो २ बजेका लागि आह्वान गरिएको थियो । सोही क्रममा बिहान करिब ११ः३५ बजे सभामुख प्रदीपकुमार भण्डारीसँग कार्य व्यवस्था परामर्श समितिको बैठकले अधिवेशनका लागि सहमति बनाएको थियो ।
अधिवेशनको सुरुवात गर्दै सभामुख भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीद्वारा बैठकको लागि आह्वान गरेको पत्र पढेर सुनाएका थिए । त्यसलगत्तै सभामुख भण्डारीले सातौं अधिवेशन अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरेको घोषणा गरे ।
यसअघि विवादित नेकपाका दुई पक्ष नै प्रदेश १ को प्रदेश सभा बैठक सुचारुका लागि नै सहमत भएका थिए । हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा छ । तर, अहिले सत्तामा रहेको नेकपाकै दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको थियो ।
प्रकाशित समय १५:३३ बजे

















