गृहपृष्ठ अबको निर्वाचनमा नेकपाका लागि पराजित हुनेभन्दा अर्को विकल्प छैन : वामदेव गौतम

अबको निर्वाचनमा नेकपाका लागि पराजित हुनेभन्दा अर्को विकल्प छैन : वामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अहिलेकै अवस्थामा चुनाव भए प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेका दुवै समूह पराजित हुने बताएका छन् । पार्टी विभाजनसँगै मत पनि बाँडिने भएकाले अबको चुनावमा ओली र प्रचण्डले नराम्ररी हार खाने उनको तर्क थियो ।

बुधबार काठमाडौंमा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै गौतमले गएको निर्वाचनमा दुई पार्टी मिलेर ठूलो जनलहरका साथ चुनाव लड्दासमेत नेपाली कांग्रेसले उल्लेख्य मत ल्याएको स्मरण गराए । ‘हामीले ४३ लाख मत प्राप्त गरेका थियौं । कांग्रेसले ३० लाख मत ल्याएको थियो,’ गौतमले भने, ‘अब हाम्रो मत बाँडियो भने साढे २१ लाख हुन्छ । कांग्रेस वा अर्को कुनै पार्टीले २२ लाखको अनुपातमा मात्र मत ल्यायो भने पनि हामी स्वतः पछाडि पर्छौं ।’

प्रकाशित समय १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु