गृहपृष्ठ यातायातका दुई कर्मचारी २ लाख ७३ हजार घुस रकमसहित पक्राउ
यातायातका दुई कर्मचारी २ लाख ७३ हजार घुस रकमसहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय जनकपुरका कार्यालय सहयोगीसहित दुई जनालाई २ लाख ७३ हजार ८५० रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोगेन्द्र कापर र राजकिशोर भगत छन् ।
जनकपुरधाममा भइरहेको ‘स्काभेटर र लोडर’को सवारी चालक अनुमति पत्र वितरण गर्ने क्रममा सञ्चालित अन्तिम परीक्षाका परीक्षार्थीबाट अतिरिक्त रकम उठाएको उजुरीको आधारमा अख्तियारले कापर र भगतलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई जनकपुरकै कार्यालयबाट मंगलबार नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । नियन्त्रणमा लिइएकाहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित समय १२:३८ बजे

















