गृहपृष्ठ गीट्टी, बालुवा र पानी चुहाउंदै हिडे कारबाही
गीट्टी, बालुवा र पानी चुहाउंदै हिडे कारबाही
कृष्ण खनाल । तपाईं आफ्नो यातायातको साधानमा कुनै नदीजन्य पदार्थ तथा अन्य केही समान बोकेर हिड्दै हुनुहुन्छ भने कतैबाट चुहिएको त छैन ? ख्याल गर्नुहोला । पछिल्लो समयमा पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले यसरी यातायातको साधानमा राखिएको सामान चुहाउदै हिडेको खण्डमा कारवाही गर्ने भएको हो ।
यातायातको साधानमा राखिएको गिट्टी, बालुवा, मिस्कट तथा अन्य तरल पद्धार्थ बोकेर हिड्दा पछाडीबाट चुहिई अन्य यातायातको साधान चालक तथा सडकको संरचना समेत विग्रीने भएको कारण कारवाही प्रक्रिया अगाडी बढाइएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले जानकारी दिए । उनका अनुसार सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी या आर सिसिको बेला खटिएका प्रहरीले चेकजाँच गर्दा यसरी यातायातको साधानबाट सामान चुहीएको पाइएमा कारवाही गरिने छ ।
गत चैत १५ गते बुटवलको मुख्य राजमार्गको ढबाहा मा बालुवा बोकि पानि चुहाउदै गुडेका टिपर लाई आरसिसी केकिङ्गले आवश्यक कारबाहिको लागि यस र्कायालयमा ल्याएको थियो । यो पहिलो पटक नभएर अव निरन्तर रुपमा अगाडी बढिने प्रहरी उपरिक्षक शर्माको भनाई रहेको छ । नियम अनुसार भन्दा बाहिर सामान चुहाउदै टिपर, ट्रक र अन्य सवारीले बालुवा, माटो जस्ता सामानहरु नबोक्नको लागि समेत प्रहरीले अनुरोध गरेको छ । गर्मीको समयमा यसरी सामान बोक्दा नचुहिने गरी प्लाष्टिक राखेर वा त्रिपालले छोपर हिड्नु पर्ने उनको भनाई रहेको छ । यस्तो नगरेको पाइएमा प्रहरीले कार्यालयमा नै ल्याएर टिप्पर, ट्रक वा ट्याक्टर चालकलाई कारवाही प्रक्रिया अगाडी बढाउने गरेको छ ।
यातायात चालकको लापरवाहीको कारण अन्य व्याक्तिहरु समेत अफ्ठेरोमा परेको कारण कारवाही प्रक्रिया अगाडी बढाइएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अगाडी गुडिरहेको टिप्पर, ट्रक वा ट्याक्टरबाट पानी तथा अन्य नदी जन्य पदार्थ चुहिदा त्यसको पछाडी सवारी साधन प्रयोग गर्ने मोटरसाईकल, साईकल चालक बढि मात्रामा प्रभावित हुने गरेका छन् । सवारी साधन हा“की रहेको बेला आ“खा धुलो पर्नुको साथै पानीको बा“छिटाले समेत असर पार्ने गरेको पिडितको गुनासो समेत आउने गरेको छ ।
यस्तै पिच गरिएको बाटोमा बालुवा वा अन्य खस्दा पिच विग्रर्ने गरेको गुनासो आउनेमा प्रहरीको विशेष ध्यान गएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक राज कुमार रावल ले जानकारी दिए ।
यस्तै विभिन्न समयमा ट्राफिक नियम उलंघन गर्ने व्याक्तिहरुको सवारी साधन अनुमती पत्र(लाईसेन्स) नियन्त्रणमा लिएर आवश्यक कारवाही र जनचेतना प्रदान गरी छोड्ने गरेको छ । विगतका दिनहरुमा ट्राफिक नियम मिच्नेलाई अनिवार्य एक घण्टा ट्राफिक नियम सम्बन्धी क्लास(कक्षा) लिएपछि मात्रै छोड्ने गरेको कार्यक्रमलाई पुनः निरन्तरता दिइएको छ । सोही अनुसार आईतबार विभिन्न समय र स्थानमा ट्राफिक नियम उलंघन गर्ने विभिन्न व्यक्तिहरुलाई पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरिक्षक कृष्णहरी शर्मा र निरिक्षक राजकुमार रावलले प्रशिक्षण प्रदान गरी आगामी दिनमा ट्राफिक नियम उल्घंन नगर्ने सर्तमा यातायात साधन चालकलाई छोडीएको थियो ।
तस्वीरः सौजन्यः ट्राफिक प्रहरी कार्यालय
प्रकाशित समय १८:५७ बजे
















