गृहपृष्ठ भारतीय गृहमन्त्री सिंहले गरे प्रधानमन्त्री ओलीलाई स्वागत

भारतीय गृहमन्त्री सिंहले गरे प्रधानमन्त्री ओलीलाई स्वागत


काठमाडौं । तीन दिने भारत भ्रमणका क्रममा भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सिंह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
यसअघि पहिलो पटक प्रधानमन्त्री भएका बेला ०७२ फागुन ७ देखि १२ भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीलाई विदेशमन्त्री सुस्मा स्वराजले विमानस्थलमा स्वागत गरेकी थिइन् । यसपटक भने विदेशमन्त्री सुष्मा स्वराज अजरबैजानमा रहेकाले गृहमन्त्री सिंहले स्वागत गरेका हुन् ।
प्रधानमन्त्री विमानस्थलबाट सीधै भारतीय राष्ट्रपति निवास पुग्ने कार्यक्रम छ । उनले आजै भारतीय व्यवसायीसँग छलफल गर्ने कार्यक्रम छ । भारतका समकक्षी नरेन्द्र मोदीसँग शनिबार औपचारिक भेटघाट हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली २५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित समय १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु