गृहपृष्ठ बालुवाटारमा भेला भए नेकपाका नेता

बालुवाटारमा भेला भए नेकपाका नेता

केसी अनसनबारे पनि छलफल हुने !

nekapa-newskarobar फाइल तस्बिर

डा. गोविन्द केसीको अनसन र कांग्रेसको संसद अवरोधको दबाबमा परेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सचिवालयको आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबरेपछि बैठक सुरु हुनेछ । यसअघि हिजो साँझ ५ बजे बस्ने गरी सचिवालयको बैठक बोलाइए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण बस्न सकेको थिएन ।

पार्टी विधानको अन्तिम टुंगो लगाउन तथा केन्द्रीय सदस्यलाई जिम्मेवारी बाँडफाड गर्नका लागि बैठक बोलाइएको नेकपा नेता योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार नेकपाले एकजना केन्द्रीय सदस्यलाई दुईवटा स्थानीय तहको हेर्ने गरी जिम्मा दिने तयारी गरेको छ ।

बैठकमा सरकारले सदनमा प्रस्तुत गर्न लागेको राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी विधेयकका विषयलाई लिएर कांग्रेसले गरेको संसद अवरोध र गोविन्द केसीको अनसनको विषयमा पनि छलफल हुने बताइएको छ । नेता भट्टराईले समसामयिक विषयमा पनि छलफल हुने जानकारी दिए । नेकपाको सचिवालय नौ सदस्यीय छ ।

प्रकाशित समय ०९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु