गृहपृष्ठ कांग्रेस महासमिति बैठक मंसिर पहिलो साता
कांग्रेस महासमिति बैठक मंसिर पहिलो साता
नेपाली कांग्रेसको बहुप्रतिक्षित महासमिति बैठक आउदो मंसिर पहिलो साता हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठक मंसिरको पहिलो साता काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
यही मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा महासमिति बैठक गर्ने निर्णय भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यसैगरी उक्त बैठकले विधान संशोधन मस्यौदा समितिमा दुईजना जिल्ला सभापतिहरु थप्ने निर्णय गरेको छ ।
प्रकाशित समय १९:१८ बजे
















