गृहपृष्ठ प्रकाण्डलाई २४ घण्टाभित्र सर्वाेच्च ल्याउनुपर्ने
प्रकाण्डलाई २४ घण्टाभित्र सर्वाेच्च ल्याउनुपर्ने
फाइल तस्बिर
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वाेच्च अदालतले आदेश दिएको छ ।
प्रकाण्डका भाई वीरेन्द्रले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वाेच्च अदालतले उनलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो ।
यसअघि पनि सर्वाेच्चले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो । सर्वाेच्चको आदेशमा रिहा भएका प्रकाण्डलाई पुनः अर्काे मुद्दामा रिहा भएलगत्तै पक्राउ गरिएको थियो ।
पटक पटक पक्राउ परेका प्रकाण्डले प्रहरीले आफूलाई शारीरिक यातना नदिए पनि आफूलाई मानसिक टर्चर भएको बताएका थिए ।
पहिलो पटक पक्राउ पर्दा प्रकाण्डलाई सर्वाेच्चले रिहा गरेलगत्तै उनलाई काभ्रेमा रहेको मुद्दाको शीलशीलामा पक्राउ गरिएको थियो । उक्त मुद्दामा पनि रिहा गर्न सर्वाेच्चको आदेश आएपछि प्रकाण्डलाई नुवाकोटको मुद्दामा पक्राउ गरिएको थियो ।
प्रकाशित समय २०:२५ बजे

















