गृहपृष्ठ बिमस्टेक सम्मेलनको तयारी तीव्र, सचिवस्तरीय बैठक काठमाडौंमा सुरु

बिमस्टेक सम्मेलनको तयारी तीव्र, सचिवस्तरीय बैठक काठमाडौंमा सुरु

बिमस्टेकको सचिवस्तरीय बैठक  काठमाडौंमा सुरु भएकाे छ । बिमस्टेकको शिखर सम्मेलनमा प्रस्तुत गर्ने विषय तय गर्न सचिवस्तरीय बैठक मंगलबार बिहान काठमाडाैंमा सुरु भएकाे हाे ।  बैठकमा सबै देशका विदेश सचिव सहभागी भएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकको अध्यक्षता परराष्ट्र सचिव शंकरदास वैरागीले गरेका छन् ।

सचिवस्तरीय बैठकले तय गरेको एजेन्डामा मन्त्रीस्तरीय बैठकमा पनि छलफल हुनेछ । मन्त्रीस्तरीय बैठकका लागि सदस्य राष्ट्रका विदेश मन्त्रीहरु मंलबार नै काठमाडौं आउनेछन् । बुधबार बिमस्टेकका विदेशमन्त्रीहरुको बैठक बस्नेछ ।

सचिवस्तरीय बैठकले तय गरेका विषलाई मन्त्रीस्तरीय बैठकले अन्तिक टुंगो लगाउने छन् । बैठकमा व्यापार, यातायात, सञ्चार, प्रविधि, अन्तरदेशीय अपराध तथा प्रतिआतंकवाद, कृषि, गरिबी निवारण लगायतका विषमा छलफल हुने छ ।

त्यसपछि, बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुको बैठकमा ती विषय प्रस्तुत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिमस्टेकको  शिखर सम्मेलन आगामी बिहिबार र शुक्रबार काठमाडौंमा हुँदै छ ।

सदस्य राष्ट्रका राष्ट्रप्रमुख मंलबारबाट काठमाडौं आउने

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनका लागि सदस्य राष्ट्रका राष्ट्रप्रमुख पनि मंलबारबाट काठमाडौं आउन सुरु हुने छ । म्यानमारका राष्ट्रपति विन मिन्ट मंलबार काठमाडौं आउने छन् । अन्य देशका राष्ट्रप्रमुख बधबार र बिहिबारसम्म काठमाडौं आउने कार्यतालिका छ । बिमस्टेकमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्ड रहेको छ ।

सुरक्षा सतर्कता बढाइयो

बिमस्टेक सम्मेलनका लागि काठमाडौ उपत्याकामा सुरक्षा सतर्कता बढाइएको छ  । सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सदस्य राष्ट्रका प्रमुखहरुको लागि चार वटा घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ ।

 

प्रकाशित समय ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु