गृहपृष्ठ सम्मेलनकाे प्रतिवेदनलाई अन्तिम रूप दिन मन्त्रीस्तरीय बैठक

सम्मेलनकाे प्रतिवेदनलाई अन्तिम रूप दिन मन्त्रीस्तरीय बैठक

बिहिबार र शुक्रबार हुने बिमस्टेकको शिखर सम्मेलनको तयारका लागि मन्त्रीस्तरीय बैठक बिसरहेकाे छ ।  मंगलबार सचिवस्तरीय बैठकले तयार पारेको प्रतिवेदनलाई मन्त्रीस्तरीय बैठकले अन्तिम रुप दिने छ । सो प्रतिवेदनलाई सदस्य राष्ट्रका राष्ट्रका प्रमुखले बिहिबार र शुक्रबार हुने शिखर सम्मेलनमा हस्ताक्षर गर्ने छन् ।

बैठकमा सदस्य राष्ट्रका विदेश मन्त्रीहरु सहभागी छन् । बैठकमा बङ्गलादेशका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतका बाह्य मामिला राज्यमन्त्री भि. के सिंह, म्यान्माका अन्तर्र्रािष्ट्रय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय सहभागी छन् । भुटानका भने विदेश सचिव सोनाम छोङले प्रतिनिधित्व गर्ने छन् ।

बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन् । बैठकमा सदस्य राष्ट्रका मन्त्रीहरुले सम्बोधन गर्ने छन् । बैठकले काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने छ ।

बिम्स्टेकको शिखर सम्मेलनमा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । वरिष्ठ पदाधिकारीको बैठकले ऊर्जाको क्षेत्रमा सदस्य मुलुकबीच सहायता अभिवृद्धि गर्न त्यस्तो समझदारीपत्रमा हस्ताक्षरका लागि शिखर सम्मेलनमा सिफारिस गरेको हो ।

 

प्रकाशित समय ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु