गृहपृष्ठ चिकित्सकहरुको आन्दोलनमा कांग्रेसको ऐक्यबद्धता

चिकित्सकहरुको आन्दोलनमा कांग्रेसको ऐक्यबद्धता

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चिकित्सकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएकाे छ । मुलुकी अपराध तथा देवानी संहिता (ऐन), २०७४ का केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चिकित्सकहरुको मागमा कांग्रेसले ऐक्यबद्धता जनाएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले चितवनको भरतपुरमा संचारकर्मीसँग चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका हुन् । चिकित्सककोहरुको माग सम्बोधन गर्न सभापति देउवाले सरकारलाई आग्रह समेत गरे ।

गत भदौ एक गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु वा अंगभंग भएमा ५ वर्ष कैद र ५० हजार जरिवाना हुने उल्लेख छ । सो विषयमा डाक्टरहरुले असन्तुष्टि जनाउँदै आएका छन् । चिकित्सकहरुले आज पनि देशभरका अस्पतालमा प्रशासनिक कम बन्द गरेका छन् ।

प्रकाशित समय ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु