गृहपृष्ठ दिगो विकास तथा सुशासन समितिमा कांग्रेसकी भट्ट निर्वाचित

दिगो विकास तथा सुशासन समितिमा कांग्रेसकी भट्ट निर्वाचित

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी तारादेवी भट्ट निर्वाचित भएकी छिन् । समितिमा भट्टको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

राष्ट्रिय सभामा चार वटा संसदीय समिति रहेनामा बाँकी तीन वटा समितिमा यसअघि नै नेकपाका सांसद निर्विरोध निर्वाचित भएका छन् । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसले भागबण्डाका आधारमा समितिका सभापति बाँढेका हुन् । सोही आधारमा भट्टको एकल उम्मेदवारी परेको थियो ।

प्रकाशित समय ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु