गृहपृष्ठ एमालेकै नेताहरु हुन्न भन्छन् हेटौंडाबाट राजधानी सार्न

एमालेकै नेताहरु हुन्न भन्छन् हेटौंडाबाट राजधानी सार्न

काठमाडौं । प्रदेश राजधानी हेटौंडामा राखेको आफूलाई चित्त नबुझेको प्रदेश ३ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री केशव स्थापितले  बताए ।
सोमबार आयोजित कार्यक्रममा एमालेकै कतिपय नेताहरु हेटौंडाबाट राजधानी सार्न हुन्न भन्ने मत राखे पनि आफ्नो त्यसमा सहमति नभएको बताए । ‘केही एमालेकै मान्छेले हेटौंटाबाट सार्न हुन्न भन्छन्, मैले सार्ने हैन अन्त तोक्ने हो भनेको छु ‘ उनले भने । आफूलाई मन्त्री भएजस्तोसमेत नलागेको भन्दै गाडीमा झण्डासमेत नहालेको  बताए । उनले प्रदेश ३ का जिल्लामा एक जिल्ला एक कार्यक्रम सुरु गर्ने बताए ।
मुख्यमन्त्रीले समेत राजधानीका बारेमा बोल्न नदिएको भन्दै उनले भने, ‘लोखर्के गनेर बसेको छु म हेटौंडामा । अब जान्छु बीउ सार्ने हो ।’
पहाडी क्षेत्रलार्इ स्वर्गीय आनन्द लिने ठाउँका रूपमा विकास गर्ने बताए ।

प्रकाशित समय १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु