गृहपृष्ठ मिश्रको संसदीय सुनुवाइ आज
मिश्रको संसदीय सुनुवाइ आज
मिश्र प्रधानन्यायाधीश बन्लान् त ?
प्रधानन्यायाधीशमा प्रस्तावित ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ सोमबार हुँदैछ । वरिष्ठताका आधारमा मिश्रलाई संवैधानिक परिषद्ले भदौ ७ मा प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।
परिषद्ले सुरुमा तत्कालिन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई सिफारिस गरेको थियो । तर, जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि परिषद्ले मिश्रलाई सफिरिस गरेको हो ।
मिश्रका विरुद्ध परेका उजुरीका विषयमा आइतबार समितिले छलफल गरेको थियो । मिश्र विरुद्ध ४ वटा उजुरी परेको थियो । जसमध्ये एउटा उजुरी फिर्ता भएको थियो । एनसेल प्रकरण, भ्रष्टाचार, श्रीमतीको हत्या गरेका पूर्व डिआइजी रञ्जन कोइरालाको मुद्दा फैसालाका विषयमा मिश्र विरुद्ध उजुरी परेको थियो । उजुरीकर्तासँग छलफल गरेपपछि मिश्रको सुनुवाइ गर्न लागेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।
लामो समयदेखि सर्वोच्च अदालत नेतृत्वविहिन भएकाले सोमबार नै समितिले निर्णय गर्ने सम्भावना छ । समितिले मिश्रको नाम अनुमोदन गर्ने सम्भावना रहेको समितिका एक सदस्यले बताए ।
प्रकाशित समय ०८:३४ बजे