गृहपृष्ठ राष्ट्रिय मानवअधिकार आयोगले गृहमन्त्री थापालाई छलफलका लागि बोलायो

राष्ट्रिय मानवअधिकार आयोगले गृहमन्त्री थापालाई छलफलका लागि बोलायो

राष्ट्रिय मानवअधिकार आयोगले गृहमन्त्री रामबहादुर थापालाई छलफलका लागि बोलाएको छ । पछिल्लो समय मानव अधिकार उल्लंघनका घटना बढेको भन्दै जनगुनासो आएपछि आयोगले छलफलका लागि गृहमन्त्री थापालाई बोलाएको हो ।

पछिल्लो समय बलात्कार, हत्या हिंसा लगायतका घटना बढेको र पीडितले न्याय पाउन ढिलाई भएको भन्दै देशभर प्रदर्शन भएपछि आयोगले छलफलका लागि गृहमन्त्रीलाई बोलाएको हो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५३ दिन हुँदा पनि दोषीलाई पक्राउ नगरेको भन्दै देशभर नागरिक सभा भइरहेको छ ।

गृहमन्त्री थापालाई अाज दिउँसो दुई बजे छलफलका लागि बोलाइएको आयोगका सूचना अधिकारी टिकाराम पोखरेलले जानकारी दिए ।

प्रकाशित समय १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु