गृहपृष्ठ सांसद चौधरीले मागिन् गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजीनामा

सांसद चौधरीले मागिन् गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजीनामा

राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा माग गरेकी छिन् । आइतबारको संसद बैठकमा सांसद चौधरीले पोखरमा रेड लाइट एरिया घोषणा गरेर यौनकर्मीलाई परिचयपत्र वितरण गर्नुपर्ने अभिव्यक्ति दिएका मुख्यमन्त्री गुरुङको राजीनामा माग गरेकी हुन् ।

मुख्यमन्त्री गुरुङले महिलाको अस्मितामाथि प्रहार गरेकाले राजीनामा दिनुपर्ने सांसद चौधरीले बताइन् । ‘मुख्यमन्त्रीको अभिव्यक्तिले महिलाको अस्मितामाथि प्रहार भएकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ,’ सांसद चौधरीले भनिन् ।

मुख्यमन्त्री गुरुङले पोखरामा कहिदिन भएको एक कार्यक्रममा रेड लाइट एरिया तोकेर यौनकर्मीलाई परिचयपत्र दिइनु पर्ने अभिव्यक्ति दिएका थिए । संसद बैठकमा अहिले पनि जारी छ । बैठकमा सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् ।

प्रकाशित समय १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु