गृहपृष्ठ सवारीसाधनको भाडा वृद्धिविरुद्ध नेविसंघ सडकमा
सवारीसाधनको भाडा वृद्धिविरुद्ध नेविसंघ सडकमा
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले गरेको भाडा वृद्धिविरुद्ध चक्काजाम गरेको छ । सरकार र यातायात व्यवसायीबीच सार्वजनिक सवारीका साधनमा १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएको थियो ।
सोही सहमतिअनुसार यातायात भाडा वृद्धि भएपछि त्यसको विरोधमा नेविसंघ सडककमा उत्रेको हो । भाडादर वृद्धिविरुद्धमा नेविसंघले सोमबार बाहान एक घण्टा चक्काजाम गरेको छ । बिहान ९ देखि १० बजेसम्म संघले गरेको चक्काजामका कारण उपत्यकाको यातायात प्रभावित भएको थियो ।
यातायात व्यवसायीले भाडा वृद्धि नगरेसम्म दसैंको अग्रिम टिकट बुकिङ नखोल्ने अडान लिएपछि सरकार भाडा बढाउन बाध्य भएको थियो । सहमतिअनुसार आइतबारबाट भाडा वृद्धि भएको छ ।
प्रकाशित समय १२:१७ बजे

















