गृहपृष्ठ राजधानी विवादले धनगढी अशान्त, बन्दले जनजीवन प्रभावित
राजधानी विवादले धनगढी अशान्त, बन्दले जनजीवन प्रभावित
दुई तिहाई बहुमतबाट सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ पर्ने तेघरीमा राख्ने प्रस्ताव पारित भएपछि अस्थायी राजधानी धनगढी अशान्त बनेको छ ।
स्थायी राजधानीको विषयमा असहमति राख्दै नागरिक समाज संघर्ष समितिको आह्वानमा शनिबारदेखि धनगढीमा अनिश्चितकालिन आमहड्ताल गरिएको छ । हड्तालका कारण आइतबार बिहानैदेखि धनगढी बजारमा यातायात पूर्ण रुपमा ठप्प रहेको ।
मोटरसाइकल, साइकल र विद्युतीय रिक्सा फाटफुट रुपमा चल्न बाहेक अन्य यातायातको साधन चलेको छैन । धनगढीबाट लामो तथा छोटो दुरीका यातायातका साधनहरु चलेका छैनन् । ठाउँ–ठाउँमा जम्मा भएका बन्दकर्ताहरुले बाहिरबाट आउने यातायातका साधनलाई धनगढी र गोदावरी नगरपालिकाको सीमा क्षेत्रमै रोकेका छन् ।
यसैगरी, बजार समेत पूर्ण रुपमा बन्द रहेको छ । बन्दका कारण शिक्षक आयोगकको परीक्षा दिन आएका परीक्षार्थीहरुलाई समस्या भएको छ । पहाडी जिल्लाबाट परीक्षा दिन आएका उनीहरु बन्दको मारमा परेका हुन् । बन्दले नगरको जनजीवन प्रभावित भएको छ ।
प्रकाशित समय १२:५४ बजे

















