गृहपृष्ठ खुर्सिदको हत्यामा संलग्लाई कारबाही हुन्छ : गृहमन्त्री
खुर्सिदको हत्यामा संलग्लाई कारबाही हुन्छ : गृहमन्त्री
अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको सुनसरी भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई राहत स्वरुप सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ । आइतबार गृहमन्त्री रामबहादुर थापाले मृतक अन्सारीकी श्रीमती मौलानालाई घरमै पुगेर १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा गृहमन्त्री थापाले घटनामा संलग्न रहेकाको अनुसन्धान भइरहेकोले दोषीलाई कारबाही गरिने बताए । सो अवसरमा गृहमन्त्री थापाले सहिदको प्रमाणपत्र समेत प्रदान गरेका थिए । खुर्सिदको गत असोज ३ गते हत्या भएको थियो ।
प्रकाशित समय १३:५७ बजे
















