गृहपृष्ठ प्रदेश १ मा पनि राजधानी विवाद : मुख्यमन्त्री विरुद्ध मोर्चाबन्दी

प्रदेश १ मा पनि राजधानी विवाद : मुख्यमन्त्री विरुद्ध मोर्चाबन्दी

प्रदेश नम्बर १ मा पनि स्थायी राजधानीलाई लिएर विवाद सुरु भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरबाट राजधानी अन्यत्रै सार्ने चलखेल गरेको भन्दै मोरङका केन्द्र र प्रदेश सांसदहरुले विरोध जनाएका छन् । मुख्यमन्त्री राईले विराटनगरबाट राजधानी सार्नको लागि भित्री तयारी गरेको आरोप लगाउँदै उनीहरुले विरोध गरेका हुन् ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको अगुवाइमा आयेजना गरिएको छलफल कार्यक्रममा स्थायी राजधानीका लागि आवश्यक पूर्वाधार समेत प्रयाप्त रहेको विराटनगरलाई राजधानी बनाउन उनीहरुले प्रदेश सरकारसँग माग गरेका छन् ।छलफल कार्यक्रममा पूर्व आपूर्ति मन्त्री एवं संघीय सांसद शिवकुमार मण्डलले सुरक्षालाई बहाना बनाएर राजधानी अन्यत्र सार्ने कुरा मान्य नहुने बताए । त्यस्तै, अर्का सांसद अमनलाल मोदीले राजधानीका विषयमा फेरिे चलखेल हुन लागेको आरोप लगाए । उनले अलग–अलग स्थानमा मन्त्रालय राख्नु संघीयताको मर्म नभएको समेत बताए ।

नेपाली कांग्रेसका केन्दीय सदस्य डा. शेखर कोइरालाले विराटनगर आर्थिक, व्यपारिक, सामाजिक र सांस्कृतिक पृष्टभूमी बोकेको भएकाले तत्कालिन कांग्रेस सरकारले विराटनगरलाई अस्थायी राजधानी घोषणा गरेको बताए ।नेकपाका प्रदेश सांसद सावित्राकुमार रेग्मी, कुलप्रसाद साम्बा र योशदा अधिकारीले विराटनगर राजधानी नबनाउने योजना बनाएमा आफूहरुलाई मान्य नहुने चेतावनी दिए ।

संघीय समाजवादी फोरमका प्रदेश सांसद जयराम यादवले पनि स्थायी राजधानी विराटनगरको विकल्प हुन नसक्ने बताए । उनले विराटनगरको विकल्प खोजिएको खण्डमा त्यस्तो निर्णयलाई अल्पमतमा पार्ने पक्षमा आफू क्रियाशिल हुने बताए ।नेपाली काग्रेसका संसदीय दलका नेता केदार कार्कीले राजधानी विराटनगरको विकल्प सोच्न नसकिने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला, अमृत अर्याल, नेकपाका केन्द्रिय सदस्य बिनोद ढकाल, महेश रेग्मी, संघीय समाजवादी फोरमका पार्टी अध्यक्ष राजकुमार यादव, राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष मोहमद कादिर लगायतको सहभागीता रहेको थियो ।

प्रदेश १ को स्थायी राजधानीको विषयलाई टुंगो लगाउन नेकपाले सोमबारका लागि संसदीय दलको बैठक समेत बोलाएको छ बैठकले । तत्काल प्रदेशको नाम नटुंगिएको खाण्डमा स्थायी राजधानी भने टुंगो लागाउने तयारी गरेको छ ।

प्रकाशित समय १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु