गृहपृष्ठ ओली सरकार सबैतिरबाट पतन हुँदैछ : पौडेल
ओली सरकार सबैतिरबाट पतन हुँदैछ : पौडेल
'सरकारले अपराधी समात्न नसकेको होइन, नचाहेको हो'
कांग्रेसले बालिका निर्मला पन्तका हत्यारालार्इ सरकारले समात्न नचाहेको आरोप लगाएको छ । नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समिति विजयादशमी तथा शुभ-दिपावलीको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा केन्द्रीय सदस्य प्रदिप पौडेलले भने, ‘निर्मलाका हत्यारालार्इ सरकारले समात्न नसकेको होइन, नचाहेको हो ।’
प्रमुख प्रतिपक्षीमा रहेर कांग्रसले ठूलो भूमिका खेलेको नेता पौडेलको टिप्पणी छ । ‘विधानभन्दा माथि रहेर नेतृत्व भइरहेकाले पार्टी कमजोर भएको छ,’ उनले भने, ‘अब पार्टीलार्इ बिपीको समाजवादको धारणाअनुसार लैजानुपर्छ ।’
दुर्इतिहाइको वर्तमान सरकार सबैतिरबाट चुकेको र पतन भएको पौडेलले बताए । ओलीले रेल र पानीजहाजको सपना जनतामा बाँडेर मोह पाउने खेल खेलेको उनको आरोप छ ।
समितिले जिल्लामा रहेको अधिकार सम्पर्कलार्इ अधिकार दिइनुपर्ने माग गरेको छ । ‘केन्द्रले हामीलार्इ अधिकार र जिम्मेवारी दिनुपर्छ, हामी भाग खोस्दैनौं,’ सम्पर्क समितिका अध्यक्ष भीम थापाले भने, ‘सम्पर्क समितिले राजनीति नगरेको तर राजनीति बुझ्ने कोसिसमात्र गरेको हो ।’
केन्द्रीय सदस्य पौडेललार्इ सम्पर्क समितिले सम्मान गरेको छ ।
प्रकाशित समय १७:२४ बजे

















