गृहपृष्ठ विषयमा प्रवेश नै नगरि सकियो नेकपाको सचिवालय बैठक

विषयमा प्रवेश नै नगरि सकियो नेकपाको सचिवालय बैठक

पार्टीमा देखिउको विवाद मिलाउन बसेको नेकपाको सचिवालय बैठक निष्कर्षविहिन भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले अमेरिका भ्रमणबारे जानकारी गराएका छन् ।

त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि आफ्नो विदेश भ्रमणबारे जानकारी गराएपछि बैठक बुधबार बस्ने गरि सकिएको नेता वामदेव गौतमले जानकारी दिए ।

वरिष्ठ नेता माधव नेपालले आफू नभएको बेला प्रदेश पदाधिकारी चयन गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । बैठकमा नेता नेपालले उठाएका विषयमा छलफल हुने भनिएको थियो ।

बैठकमा नेता नेपालले भने आफ्नो असन्तुष्टि  राखेका छन् । तर, बैठकमा पार्टी भित्रको विवादले प्रवेश नपाएका एक सदस्यले बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु