गृहपृष्ठ १० वर्षे योजना बनाएर प्रदेशलाई समृद्ध बनाउँछौं : मुख्यमन्त्री राई
१० वर्षे योजना बनाएर प्रदेशलाई समृद्ध बनाउँछौं : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको बजेट तथा नीति कार्यक्रम कार्यान्वयको तहमा पुगेको बताएका छन् । उनले प्रदेशको संरचना निर्माण भएसगै सरकारले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयको चरणमा अघि बढेको जानकारी दिए ।
राष्ट्रिय योजना आयोगले विराटनगरमा बुधबार आयोजना गरेको दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन मुल्यांकन तथा तथ्यांक सम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा राईले भने, ‘दशै अघि सबै आवश्यक संरचना तयार हुनेछन, त्यसपछि प्रदेश सरकारले तय गरेको नीति तथा कार्यक्रम अनुसार बजेट कार्यन्वयको तहमा अघि बढने छ ।’
अहिलेको तीन तहको संरचनामा राम्रो सहकार्य हुन आवश्य रहेकोमा जोड दिँदै मुख्यमन्त्री राईले स्थानीय सरकार विकासको जग, प्रदेश सरकार भवन र संघीय सरकारले छानोको रुपमा रहेर काम गर्नु पर्नेमा जोड दिए ।
मुख्यमन्त्री राईले प्रदेश योजना आयोग छिटै गठन गरिने पनि जानकारी दिए । उनले प्रदेश १ को मुख्य जगका रुपमा रहेको कृषि, जलस्रोत, पर्यटनलाई मुल आधार बनाएर प्रदेशलाई ५ वर्षे र १० वर्षे योजना बनाएर काम सोचमा सरकार रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पनि स्थानीय तह र प्रदेश बलियो नबनाएसम्म दिगो विकासको लक्ष्य प्राप्त हुन नसक्ने बताए ।उनले प्रदेश र स्थानीय तहको योजना निर्माण गर्ने कुरामा तथ्यांक अभावले समस्या हुने गरेको जानकारी दिए ।
उनले तथ्यांक बैंकको अभावमा पुर्वाधार निर्माणमा सबै भन्दा बढी समस्या हुने गरेको जानकारी दिए । उनले अहिले प्रदेश सरकारले राजनीतिक तहबाट मात्र योजना निर्माण गर्नु भन्दापनि परिमाण तहलाई जोड दिनुपर्ने बताए ।
कार्यक्रममा प्रदेश प्रमुखका कार्यालय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र विषयगत मन्त्रालयका सचिव एव योजना तर्जुमा सम्बन्धि उपसचिव तथा अधिकृतहरुको सहभागिता थियो ।
प्रकाशित समय १५:२२ बजे
















