गृहपृष्ठ वामदेवका लागि म पनि छाड्छु : रघुवीर महासेठ
वामदेवका लागि म पनि छाड्छु : रघुवीर महासेठ
रामवीरले राजिनामा दिन जरुरी छैन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् ।
‘वामदेव कामरेड चुनाव लड्ने भनेर पार्टीभित्र निर्णय भएको छैन्,’ महासेठले भने, ‘मिडियामा आएको कुरा झुठै हो भनेर म भन्न सक्दिन् ।’ गौतमले परिस्थिति बुझेको उल्लेख गर्दै उनले गौतम निर्वाचन लढ्ने कुरामा शंका व्यक्त गरे । ‘उहाँले देशको परिस्थिति बुझ्नुभएको छ । पार्टीका नेता, कार्यकर्ताको मनोभावना बुझ्नुभएको छ । तर, उहाँ चुनाव लड्नुहुन्छ भनेर मलाई चाहीँ व्यक्तिगत रुपमा विश्वास छैन्,’ गौतम निकट मानिने महासेठले भने, ‘यदि लड्नुभयो भने उहाँलाई सिँगो पार्टी एक भएर विजयी बनाउँछौं ।’
मन्त्री महासेठले भने, ‘वामदेव कामरेड चुनाव लड्ने भनेर न पार्टीभित्र आधिकारिक निर्णय भएको छ, न त उहाँ आँफैले निर्णय गर्नुभएको छ । उहाँ चुनाव लड्न तयार हुनुभयो भने उहाँको लागि छोड्न माननीयहरु तयार हुनुहुन्छ । अहिले माननीय सांसद रामवीर मानन्धरले राजिनामा दिने भनेर भन्नुभएको छ । तर, राजिनामा दिनुभएको छैन । उहाँले राजिनामा दिन जरुरी पनि छैन । पार्टीले निर्णय गर्यो भने म पनि छोड्न तयार छु ।’
महासेठले सरकार अहिले संकटमा नभएको पनि जिकिर गरे । उनले भने,‘सरकार दुई तिहाईको छ । हामी दायाँ÷बायाँ नहेरी अब ५ वर्ष देश र जनताको हितमा काम गर्छौं ।’
प्रकाशित समय १६:५४ बजे
















