गृहपृष्ठ संसदीय उपसमितिको सुझाव- चिनीको मूल्य अख्तियारले छानविन गरोस्
संसदीय उपसमितिको सुझाव- चिनीको मूल्य अख्तियारले छानविन गरोस्
अस्वाभाविक रुपमा चिनीको मूल्यवृद्धि भएको भन्दै व्यापक आलोचना भइरहेका बेला संसदको सार्वजनिक लेखा समितिको उपसमितिले सो सम्बन्धमा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न समितिलाई सुझाव दिएको छ ।
समितिले चिनीको मूल्यवृद्धिका सम्बन्धमा छानबिन गर्न उपसमिति गठन गरेको थियो । गत बिहीबार गठित उपसमितिले समितिलाई यस्तो सुझाव दिएको हो ।
उपसमितिको सुझाव लेखा समितिले कार्यान्वयन गरेमा चिनीको मूल्य छानबिनका लागि अख्तियारलाई सिफारिस हुनेछ । दसैं नजिकिँदै जाँदा चिनीको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि हुँदै गएपछि सरकारको व्यापक आलोचना भइरहेको छ ।
प्रकाशित समय १६:१८ बजे

















