गृहपृष्ठ अब प्रहरी पनि प्रादेशिक हुनुपर्छ : मुख्यमन्त्री राई

अब प्रहरी पनि प्रादेशिक हुनुपर्छ : मुख्यमन्त्री राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुक संघीय ढाँचामा गइसकेकाले अब नेपाल प्रहरी पनि प्रादेशिक ढाँचामा आउनु पर्नेमा जोड दिएका छन् ।

राईले कानुन बनाउने कुरा ढिला भए पनि प्रदेशका जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने कुरामा प्रदेश सरकार माताहातमा प्रादेशिक प्रहरी अपरिहार्य भएकोमा जोड दिए ।

प्रदेश नम्बर १ प्रहरी कार्यालयले ६३ औं प्रहरी दिवसको अवसरमा बिहीबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै राईले मुलुक प्रादेशिक संरचनामा अघि बढ्ने क्रममा राजनीतिक संरचना तयार भइसको र प्रशासनिक संरचना तयार हुने क्रममा रहेकाले छिट्टै नेपाल प्रहरी पनि प्रादेशिक संरचनामा जान आवश्यक रहेको बताए ।

‘प्रदेश सरकार नागरिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखी अघि बढेको अवस्था छ,’ मुख्यमन्त्री राईले भने, ‘त्यसका लागि नागरिक सुरक्षाको जगमा उभिएर तीब्र विकास गर्ने योजना सार्थक बनाउन पनि आफ्नै संरचनामा प्रदेश प्रहरी अटाउन आवश्य छ ।’ सोही कारण नेपाल प्रहरी प्रादेशिक ढाँचामा जान जरुरी छ रहेको उनको भनाई थियो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले नेपाल प्रहरीलाई कानुनी हिसाबमा संघीय बनाउने क्रममा प्रदेश सरकार अघि वढीसकेको जानकारी दिए । प्रदेश प्रहरीलाई स्रोतसाधान सम्पन्न बनाउन कार्ययोजना बनाएर सोही अनुसार काम गर्न मन्त्रालय तयार रहेको भनाई थियो ।

उनले पछिल्लो समय प्रहरी आचरण विपरित केही प्रहरीले गरेका कामले समग्र प्रहरी संगठनलाई बदनामी बनाउने काम गरेको भन्दै जनतालाई सेवा प्रदान गर्ने कुरामा आफ्नो व्यवसायिक कौशलता प्रर्दशन गर्ने कुरामा नेपाल प्रहरी चुक्न नहुनेतर्फ सजग गराए ।

प्रकाशित समय १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु