गृहपृष्ठ नेकपाको चियापान आज, ५० हजारलाई निम्तो
नेकपाको चियापान आज, ५० हजारलाई निम्तो
नेपाल कम्युनिस्ट पार्टीको (नेकपा)ले शनिबार चियापान कार्यक्रम आयोजना गरेको छ । विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा आयोजना गर्ने चियापान कार्यक्रममा नेकपाले सार्वजनिक निम्ता गरेको छ ।
पार्टी महासचिव विष्णु पौडेलले विज्ञप्ती जारी गर्दै राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक निकाय, सर्वसााधरणलाई निमन्त्रणा गरेका हुन् । काठमाडौँको भृकुटीमण्डपमा अपराह्न १ बजेदेखि ५ बजेसम्म आयोजना गरिने कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’का नामबाट निमन्त्रणा गरिएको छ ।
विज्ञप्तिमा नयाँ संविधान लागू भएर तीनै तहको निर्वाचन सम्पन्न भएपछि मुलुक सम्मृद्धिको महाअभियानतर्फ राष्ट्रिय अठोटमा हिँडिरहेको अवस्थामा सबै पक्षको सहयोगको अपेक्षा गरिएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागेको चियापानमा नेकपाले करिब ५० हजारलाई निम्ता गरेको छ भने करीब ३५ हजार सहभागी हुने अनुमान गरिएको छ ।
सत्तासीन कमरेडहरू,
एउटै खाममा४वटाशुभकामना/निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद!तपाईंहरू सबैको भलो होस्,हाम्रो पनि शुभकामना!गरीब देशको सर्वहारावर्गको दुहाइदिने पार्टीले५०हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेकोभए राम्रो हुन्थ्यो कि?त्यसैले म आउन सकिनँ!जय होस! pic.twitter.com/UEU8l3UQkc— Baburam Bhattarai (@brb1954) October 27, 2018
बाबुरामको बहिस्कार
नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेकपाको चियापान कार्यक्रममा नजाने नभएका छन् । ५० हजारलाई भोज खुवाउनुको सट्टा कुनै उत्पादनको क्षेत्रमा खर्च गरेको भए राम्रो हुने पनि बताउदै उनले नजाने बताएका हुन् ।
आफूलाई एउटै खाममा ४ वटा शुभकामना निमन्त्रणा कार्ड पठाएको भन्दै भट्टराईले सामाजिक संञ्जाल ट्विटरमा लखेका छन्, ‘एउटै खाममा ४ वटा शुभकामना निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद । तपाईंहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना । गरिब देशको सर्वहारा वर्गको दुहाई दिने पार्टीले ५० हजारलाई भोज खुवाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ । जय होस ।’
प्रकाशित समय ११:५९ बजे

















