गृहपृष्ठ उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न रोक
उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न रोक
छातीमा संक्रमण भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पतालले रोक लगाएको छ । प्रधानमन्त्रीको स्वास्थ्य लाभका लागि भेटघाटलाई अस्पतालले रोक लागाएको हो ।
उनको स्वास्थ्य लाभको कामना गर्न चाहने शुभचिन्तकहरुको आकांक्षलाई अस्पतालले आत्मासात गरेपनि पहिलो दायित्व स्वास्थ लाभ गराउने भएकाले भेटन् नदिईएको अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले बताए ।
प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचार डाक्टर अरुण सायमीको नेतृत्वमा भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकले सुगरको मात्रा बढेपनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।
प्रकाशित समय १७:३३ बजे

















