गृहपृष्ठ प्रधानमन्त्री ओलीको सम्बन्धमा बाबुरामको टिप्पणी- ठट्टामजाक गर्नुभयो

प्रधानमन्त्री ओलीको सम्बन्धमा बाबुरामको टिप्पणी- ठट्टामजाक गर्नुभयो

baburam-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ । उनको छातीको एक्स–रे, रगत परीक्षण लगायतका रिपोर्टहरु सकारात्मक देखिएको भन्दै चिकित्सकले स्वास्थ्यमा निकै सुधार आएको बताएका छन् ।

यसैबीच पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ओलीलले आफूसँग ठट्टा मजाक गरेको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई अस्पताल पुगेरै भेटेका उनले अवस्था सन्तोषजनक रहेको बताएका हुन् ।

भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘प्रमलाई अस्पतालमा भेट्दा निकै हँसमुख देखिनुभो । अलिकति ठट्टामजाक पनि गर्नुभो ।’ प्रधानमन्त्री ओलीको स्वास्थ्य तन्दुरुस्त हुँदै गरेको अनुभव आफूहरुले गरेको उनको भनाइ थियो ।

यस्तै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । ट्वीट गर्दै भनेका छन, ‘सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, तपाईको आत्मबलले धेरै पटक तपाईले स्वास्थ्य र अन्य प्रतिकुलतालाई जितिसक्नु भएको छ, तपाईको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यो देश तपाईकै जीवनकालमा समृद्धिको मार्गमा अघि बढेको हेर्न पाइयोस् ।’

प्रकाशित समय १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु