गृहपृष्ठ नेत्रबहादुर मल्लले जिते आईएमईबाट एक लाख
नेत्रबहादुर मल्लले जिते आईएमईबाट एक लाख
रेमिट्यान्स सेवाप्रदायक कम्पनी आईएमईले दसैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजनाअन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ ।
क्योदाइ रेमिट्यान्स जापानबाट नेपालमा आइएमई गर्ने नेत्रबहादुर मल्ल सफ्टवेयर पद्धतिमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएका हुन् । मल्लले नगद एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित विजेता घोषणा कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृतद्वय खिलेन्द्र पौडेल र रुद्रराज पौडेलको उपस्थिति थियो ।
असोज ७ गतेदेखि सुरु भई मंसिर मसान्तसम्म लागू हुने सेवाग्राहीमुखी योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँचजना र दैनिक ‘लक्की ड्र’ बाट तीन सयजना सेवाग्राही विजेता घोषित भइसकेका छन् ।
योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आईएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरी ‘लक्की ड्र’ बाट छनोट हुने विजेतामध्ये हरेक दिन १० जनालाई ‘आइएमई पे’मार्फत १००० को बिल भुक्तानी, हरेक हप्ता एक जनालाई १० हजार नगद, हरेक महिना एक जनालाई १ लाख नगद तथा बम्परमा एक जनालाई २० लाख रुपैयाँ नगद प्रदान गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आईएमईले १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित समय १८:५१ बजे

















