गृहपृष्ठ सरकारको लोकप्रियतामा कमि आएको छैन : मन्त्री यादव
सरकारको लोकप्रियतामा कमि आएको छैन : मन्त्री यादव
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकारले जनताको दिएको जनादेश अनुसार नै काम गरिरहेको दाबी गरेका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग मन्त्री यादवले जनादेश अनुसार नै काम भइरहेको दाबी गर्दै सरकारको लोकप्रियतामा कुनै कमि नआएको बताए ।
मन्त्री यादवले मुलुकलाई समृद्धिको बाटोमा लान सरकारले काम गरिरहेको बताए । सरकारले तोकेको भन्दा बढी मूल्यमा चिनी बिक्री वितरण गर्ने व्यवसायीलाई कारबाही गर्ने उनले चेतावनी दिए ।
मन्त्री यादवले उपभोक्ता, कृषक र उद्योगसँगकोे छलफल पछि नै चिनीको खुद्रा मुल्य प्रति किलो ७० रुपैयाँ कायम गरेको प्रष्ट पारे । मन्त्री यादवले विराटनगरको बैजनाथपुरमा निर्माणाधीन एकिकृत भन्सार चेक पोष्टको अनुगमन समेत गरेका छन् ।
सो क्रममा मन्त्री यादवले चोकपोष्ट निर्माणमा भइरहेको प्रगतिको बारेमा निर्माण कम्पनीका प्रतिनिधिसँग जानकारी लिएका थिए ।
प्रकाशित समय १६:२२ बजे
















