गृहपृष्ठ कांग्रेसका असन्तुष्ट नेता भन्छन्- देउवाले पार्टी सिध्याए
कांग्रेसका असन्तुष्ट नेता भन्छन्- देउवाले पार्टी सिध्याए
विजय गच्छदारलाई पार्टीको उपसभापतिमा मनोनीत गर्दा सभापति शेरबहादुर देउवाले छलफल नगरेको भन्दै कांग्रेस नेता गगन थापाले चर्को आलोचना गरेका छन् । शनिबार स्वर्गीय गणेशमान सिंह स्मृति भवनको उद्घाटन कार्यक्रममा नेता थापाले भने, ‘म त सभापतिजीको कार्यशैली पार्टीका लागि खतरनाक हुन सक्ने देख्दैछु ।’
उनले विधानविपरितका कुनै पनि निर्णय नगर्न उनले सभापति देउवालाई चेतावनी पनि दिए । कार्यक्रममा नेता प्रकाशमान सिंहले सभापति देउवाबाट भइरहेका विधानविपरितका गतिविधिविरुद्ध एकजुट हुन नेता तथा कार्यकर्तालाई आह्वान गरे ।
प्रकाशित समय १७:१३ बजे

















