गृहपृष्ठ देउवाको हुकुमी शैली अमान्य : अर्जुननरसिंह केसी
देउवाको हुकुमी शैली अमान्य : अर्जुननरसिंह केसी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाको एकल निर्णय मान्य नहुँने बताएका छन् ।
प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका केसीले सभापति देउवा एकल निर्णयमा अघि बढ्दै गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले भने, ‘ देउवा हुकुमी र निरंकुश बन्न खोजेका छन्, उनको मनपरी निर्णय मान्य हुन्न ।’ पार्टी कुनै एक व्यक्तिको स्वार्थमा भन्दा सामूहिक हितमा चल्नुपर्ने केसीको भनाइ छ । व्यक्तिमुखि बन्दा पार्टीका भातृ संगठनसमेत अस्तव्यस्त बनेको भन्दै केसीले सबैलाई समेटेर अघि बढ्न सभापति देउवालाई आग्रह गरे ।
केन्द्रीय समिति र पदाधिकारीको टुंगो नलगाई कांग्रेसले विधानको मस्यौदा तयार गरेको छ । आइतबारको केन्द्रीय समिति बैठकमा विधानको प्रारुप पेश गर्ने तयारी भइरहँदा केसीको यो भनाइ सार्वजनिक भएको हो ।
केसीले वर्तमान सरकारको पनि खुलेर विरोध गरेका छन् । उनले सरकार असफलता र निरंकुशताको बाटोमा अघि बढेको दावी गरे ।
प्रकाशित समय ०९:५६ बजे

















